टोकियो ओलम्पिक : चीनको अग्रता, कसले कति पदक जिते ?


१४ श्रावण २०७८, बिहीबार
china11627544539

काठमाडौं, १४ साउन । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ओलम्पिकको सातौं दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको हो । चीनले १४ स्वर्णसहित कुल २९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १३ स्वर्णसहित ३६ पदक जितेको छ । यस्तै, तेस्रो स्थानको जापानले १३ स्वर्णसहित २२ पदक जितेको छ ।

रसियन ओलम्पिक टिम सात स्वर्णसहित २५ पदक जितेर चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको अष्ट्रेलियाले सात स्वर्णसहित कुल १९ पदक जितेको छ । ग्रेट ब्रिटेनले पाँच स्वर्ण जितेको छ । दक्षिण कोरियाले चार तथा जर्मनी र फ्रान्सले तीन-तीन स्वर्णपदक जितेका छन् । दुई स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, इटाली, स्लोभानिया, क्रोएसिया र कोसोभो छन् । त्यस्तै, एक स्वर्ण जित्ने राष्ट्रको संख्या २१ छ ।

ओलम्पिकअन्तर्गत नेपालले सहभागिता जनाएका खेलहरुमध्ये एउटा खेलको प्रतिष्पर्धा बाँकी छ । एथलेटिक्सको प्रतिष्पर्धा बाँकी रहेको हो । यसअघिका खेलहरुमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७