झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने नक्कली बावु–छोरी पक्राउ


१४ श्रावण २०७८, बिहीबार
49 Shares
Untitled 1 20210729083647

पर्सा, १४ साउन । पर्सामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाइ नगरपालिका–२ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका–२ कै ५१ वर्षीय धुरुपप्रसाद पटेल छन् ।

भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविताकुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए । भारतीय नागरिक सीताले झुठो विवरण पेश गरि नागरिकता लिएको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सीतालाइ वीरगन्ज–१३ श्रीपुरबाट बुधबार बिहान नियन्त्रणमा लिएको हो ।

ncll 2

प्रहरीले नियन्त्रणमा लिएर सीताको ब्याग खानतलासी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुष ११ गते जारी भएको नागरिकता प्राप्त नंबर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको हो ।

jagdamba.cement

उक्त नागरिकतामा धुरुपप्रसाद पटेलको छोरी कविताकुमारी भन्ने विवरण उल्लेख छ । प्रहरीले सीताबाट बरामद भएको नागरिकतबारे अनुसन्धान गर्दा झुठो विवरण पेश गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा भनेर सनखात गरेका धुरुपलाई पनि बुधबार नै नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । दुवै जनालाई नागरिकतासम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७