असोजभित्र खोप लगाई सक्ने तालिका पेश गर्न स्वास्थ्य राज्यमन्त्रीलाई अर्थमन्त्रीको आग्रह


१४ श्रावण २०७८, बिहीबार
janardan sharma umesh shres1627547675

काठमाडौं, १४ साउन । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप आउँदो असोजभित्र सबैलाई लगाइसक्ने गरी प्रक्रिया अघि बढाइनुप र्ने बताएका छन् । उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका छन् ।

असोजभित्र खोप दिन नसकिए मुलुकको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिद गरिने उनले बताए ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताए । उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७