४२ क्विन्टल अवैध चिनीसहित व्यापारी पक्राउ


१४ श्रावण २०७८, बिहीबार
sugar chini
सांकेतिक तस्वीर

कञ्चनपुर, १४ साउन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४२ क्विन्टल अवैध चिनीसहित एक व्यापारीलाई पक्राउ गरेको छ ।
बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीबाट भन्सार छली ल्याएको दुई लाख ७३ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी चिनी ल्याउने कार्यमा संलग्न भीमदत्त नगरपालिका–१८ का व्यवसायी बिक्की गुप्तालाई पनि नियन्त्रणमा लिएको डिएसपी सिद्धराज न्यौपानेले बताए । उनका अनुसार बरामद चिनी र आरोपी व्यवसायीलाई थप कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७