जसपाका तीन सांसदलाई निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा


१४ श्रावण २०७८, बिहीबार
lumbini province uZJy1jKbcy

रुपन्देही, १४ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले लुम्बिनी प्रदेशसभाका तीन सदस्यलाई निष्काशन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्काशन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।
यस्तो छ पत्र

1 15
2 14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७