थप ३,३६५ जनामा कोरोना संक्रमण, १,३७३ जना निको, १४ को मृत्यु


१४ श्रावण २०७८, बिहीबार
korona

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,५५५ पीसीआर र ४,६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३,३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८६० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५९७ जना छन् ।

यसैगरी भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । गत २४ घण्टामा १,३७३ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९,८०७ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७