२०७८ साउन १५ गते शुक्रबारको तपाईको राशिफल

धृति भाद्र रेवती , खीर खाने दिन / अन्तर्राष्ट्रिय मित्रता दिवस / अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस


१५ श्रावण २०७८, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धुमपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सन्तान सुख मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद् रहने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७