कांग्रेसप्रति गोकुल बास्कोटाको कटाक्ष : मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ


१५ श्रावण २०७८, शुक्रबार
Gokul Baskota 1

काठमाडौं, १४ साउन । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले सत्ताधारी नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । उनले कांग्रेस मौका पाए डेढ वर्ष महाधिवेशन सार्ने भन्दै कटाक्ष गरेका छन् ।

‘मैले त पहिल्यै भन्या छु– कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दै छ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ, नपाए अब वडा तहको गर्छ,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ ।

देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कसले भन्दोरहेछ, हामी पनि हेरौं त !’ आगामी भदौ १९ भित्र १४औं महाधिवशेन गरिसक्ने भनिए पनि कांग्रेसले यसअनुरूप प्रक्रिया अझै अगाडि बढाउन सकेको छैन । छलफल जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७