कोरोना संक्रमण बढेपछि झापामा पुनः निषेधाज्ञाको तयारी


१५ श्रावण २०७८, शुक्रबार
Birtamode 768x353 1

झापा, १४ साउन । कोरोना संक्रमण दर बढ्न थालेपछि झापामा पुनः निषेधाज्ञाको तयारी शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले शनिबारदेखि लागू हुनेगरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति र स्थानीय तहको बैठकले साउन १६ देखि जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

‘संक्रमणको चेन ब्रेक गर्न जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ,’ उनले भने । झापामा कोरोनाको तेस्रो भेरियन्ट समेत देखा परिसकेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७