ओलम्पिक : सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन्, सकियो नेपालको सम्भावना


१५ श्रावण २०७८, शुक्रबार
Saraswati Chaudhari Tokyo Olympic 2020

काठमाडौं, १४ साउन । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत नेपाली समयाअनुसार आज बिहान भएको दौड प्रतियोगितामा सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन् ।

चौधरीले महिला १ सय मिटर दौडमा हिट २ मा दौडिँदै निर्धारित दूरी १२.९१ सेकेण्डमा पूरा गरेकी हुन् । आफ्नो हिटमा रहेका ९ जनामध्ये उनले आठौं स्थान लिएकी हुन् । योसँगै उनको सहभागिता हिट चरणमै सीमित भएको छ । उनी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।
यसअघि सन् २०१९ मा कतारमा सम्पन्न विश्व च्याम्पियनसिपमा १२.७२ सेकेण्ड र त्यसपछि १३औं सागमा १२.५५ सेकेण्डको समयमा निर्धारित दूरी पार गरेकी उनले यसपटक आफ्नै उत्कृष्टतामा पनि सुधार गर्न सकिनन् ।

योसँगै टोकियो ओलम्पिकमा नेपालको सम्भावना सकिएको छ । सहभागी ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान राखेका छन् । पौडीमा एलेक्स शाह र गौरिका सिंहले सय मिटर फ्रिस्टाइल तथा सुटिङमा कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान कायम गरेका हुन् । जुडोमा सोनिया भट्ट पहिलो चरणमै बाहिरिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७