अफगानिस्तानमा बाढी : ६० जनाको गयो ज्यान, कयौं बेपत्ता


१५ श्रावण २०७८, शुक्रबार
flood eg231NeFwQ

काठमाडौं, १४ साउन । अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौं हराइरहेका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौं घर भत्किएका छन् ।

विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन । बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।

दुर्गम भएका कारण बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्‍याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७