बेपत्ता बालक परालभित्र मृत फेला, बाबु र सौतेनी आमा पक्राउ


१५ श्रावण २०७८, शुक्रबार
mahottari balak Fuye2dC3I2

महोत्तरी, १४ साउन । महोत्तरीमा हराइरहेका पाँच वर्षीय बालक मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका–६ विशम्भरपुर निवासी चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको शव भेटिएको हो ।

बुधबार अपरान्ह् ५ बजेदेखि हराइरहेका रितेश बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला भेटिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् । शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको अनुमान गरिएको उनले बताएका छन् । पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल (जनकपुर) पठाइएको छ । रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा पाइने अपेक्षा गरिएको डीएसपी विष्टले बताए ।

बालकको हत्यामा सौतेनी आमा–बाबुको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । घटनापश्चात् सम्पर्कविहीन भएका बुबा चन्द्रशेखर र कान्छी आमा रागनी मुखियालाई पक्राउ गरिसकिएको डीएसपी विष्टले जानकारी दिए ।

बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयले आमा–बुबाले नै बालकको हत्या गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७