बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको गयो ज्यान


१५ श्रावण २०७८, शुक्रबार
death

मोरङ, १४ साउन । मोरङको बेलबारी नगरपालिका–९ तीनकुटियामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
भित्री सडक खण्ड हुँदै दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा आउँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् । अवस्था मध्यम रहेका उनको न्युरो अस्पतालमै उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।

मृतक चौधरीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको प्रहरीको भनाइ छ । लाइसेन्स प्राप्त नगरेका चालकले तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७