बढ्यो कोरोना संक्रमण : सीसीएमसीको बैठक बस्दै


१५ श्रावण २०७८, शुक्रबार
deuwa 3

काठमाडौं, १४ साउन । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज (शुक्रबार) अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७