प्रतिनिधि सभाको बैठक, यस्ता छन् कार्यसूची


१५ श्रावण २०७८, शुक्रबार
samsad 1

काठमाडौं, १४ साउन । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ ।

बैठकमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सम्भावित कार्यक्रमको सूचीमा उल्लेख छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनाअनुसार संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७