चीनबाट आज आठ लाख डोज खोप आउँदै


१५ श्रावण २०७८, शुक्रबार
nepal airlines korona

काठमाडौं, १४ साउन । चीनबाट आज (शुक्रबार) कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । दिउँसो नेपाल एयर लाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुग्ने जनाइएको छ ।

नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम ‘खेप खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७