पूर्वमन्त्री प्रभु साहले महिलाको चरित्र हत्या गरेको सांसदको आरोप


१५ श्रावण २०७८, शुक्रबार
226435254 3091866104272070 2154569479295466559 n rVuyEDERpv

काठमाडौं, १४ साउन । सांसद दिलकुमारीले पूर्वमन्त्री प्रभु साहले महिलाको अपमान गरेको बताएकी लगाएकी छिन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको बताइन् । के विषयमा साहले चरित्र हत्या गरेका हुन् उनले १ मिनेट बोल्ने समयमा पूरा गर्न सकिनन् ।

उनले भनिन्, ‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो । प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी दक्षिणमा व्यापक भ्रष्टाचार गर्नु हुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नु भएको छ ।’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाले माइक काटेका छन् । जसका कारण उनको भनाई पुरा हुन पाएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७