एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा सार्वजनिक गर्न भीम रावलको माग


१५ श्रावण २०७८, शुक्रबार
Bhim rawal 2

काठमाडौं, १४ साउन । नेकपा एमालेका सांसद भीम रावलले संसदमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति आपति जनाएका छन् । आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको स्वाभिमानलाई चोट पुर्‍याउने गरेको बताए ।

‘अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु’, उनले भने, ‘संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ ? एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्‍यो ? पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो ? नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ?’

अमेरिकाका मन्त्रीले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले बताए । ‘अमेरिकका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छन् कि यहाँका व्याख्याता ? यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७