नेपालकाे पर्यटन क्षेत्र माफियाको जालोमा


२० फाल्गुन २०७४, आईतवार
boudhanath stupa kathmandu

काठमाण्डौं, २० फागुन : सरकारी नियमन निकायको ध्यान पुग्न नसक्दा नेपालको पर्यटन क्षेत्रमा माफियाहरुले आफ्नो जालो विस्तार गर्दै लगेको गुनासो पर्यटन व्यवसायीहरुको छ ।
अवैधानिक तरिकाले सञ्चालन हुँदै आएको पदयात्रालाई रोक्न नसक्दा नेपालको पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको भन्दै बिभिन्न संघ संस्थाले चिन्ता व्यक्त गरेका छन् । boudhanath stupa kathmandu

नियामक निकाय नेपाल पर्यटन विभाग, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) मा विना दर्ता पदयात्रा सञ्चालन गरिएको भन्दै पर्यटनसँग सम्बन्धित संस्थाहरुले चासो देखाएका हुन् । नियम अनुसार पदयात्रा सञ्चालन पूर्व ती संस्थाहरुबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने छ । सरकारले पदयात्रालाई कानुन बमोजिम व्यवसाय सञ्चालनको बाटो खुल्ला गरेको अवस्थामा पनि माफियाहरुले अवैधानिक बाटो अपनाएको टानका पूर्व महासचिव कर्ण लामा बताउँछन् । ‘राज्यलाई दिनु पर्ने कर छली गर्ने मुख्य उद्देश्यसहित दर्ताको प्रक्रिया विनै व्यवसाय सञ्चालन गरिएका छन्’ उनले भने ।

लामाका अनुसार पदयात्रा जाँदा दर्ता भएको कम्पनीमार्फत नै जानुपर्ने नियम छ । यस्ता कम्पनीले कामदार वा गाइडका साथै पर्यटककोे सुरक्षाको प्रत्याभूति समेत गराउनुपर्ने हुन्छ । तर, अवैधानिक तरिकाले सञ्चालनमा आएका संस्थाहरुमार्फत पदयात्रामा जाँदा न कामदारको सुरक्षा हुन्छ न पर्यटकको नै । यसले सिङ्गो पर्यटन व्यवसायीलाई नै प्रदूषित गरेको उनको गुनासो छ । यसरी पर्यटन बिभागमा बिना दर्ता चलाएको व्यवसायले देशको अर्थतन्त्रलाई नै खलल पुर्याउने लामा बताउँछन् । त्यसो त टानले पर्यटन बिभागलाई बेलाबेलामा यसबारे जानकारी गराउँदै आएको छ ।

तर, विभागले खासै चासो नदेखाएको पूर्व महासचिव लामाले बताए । गैरकानुनी संचालकहरुलाई पहिचान गरि पूर्ण रुपमा बन्देज गर्न (टान) को पहलमा पर्यटन बिभाग, पर्यटन प्रहरी तथा अन्य सम्बन्धित निकायहरुसंग सहकार्य गरि बिशेष टोली गठन भइसकेको लामाले जानकारी दिए । टोलिले काल्पनिक कम्पनीको नाम प्रयोग गरि वेबसाईट सञ्चालन गर्ने ब्यक्ति तथा संस्था पहिचान गर्ने, टान, नेपाल पर्यटन र्बोडलगायत संस्थामा आबद्ध नभएका तर आबद्ध रहेको भनि वेबसाइट खोल्ने र ब्यवसायी सञ्चालन गर्ने ब्यक्ति तथा संस्थाको पहिचान गर्ने छ । त्यस्ता गैर कानुनी तरिकाले सञ्चालनमा रहेको ब्यक्ति तथा संस्थाको पहिचान गरेर पर्यटन बिभागमा बुझाउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७