ठमेलमा अवैध मदिरा उत्पादन गरी विक्री गर्ने चिनियाँ नागरिक पक्राउ


१५ श्रावण २०७८, शुक्रबार
Shi zhiwei1627640045

काठमाडौं, १४ साउन । अवैध रूपमा मदिरा उत्पादन गरी विक्री गरेको आरोपमा प्रहरीले काठमाडौं ठमेलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘चिनियाँ नागरिकले अवैध रूपमा मदिरा उत्पादन गरी विक्री वितरण गरिरहेको’ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौंको ठमेलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चीनको जियाङ्सुका ५६ वर्षीय शी झिवी रहेका छन् । उनले ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिएर गत वैशाख १० गते होम स्विट स्मेल होटल एन्ड रेस्टुरेन्ट प्रालि दर्ता गरेर अवैध रूपमा मदिरा उत्पादन गरिरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनको साथबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, रातो तथा हरियो रङको ८० लिटरको प्लास्टिक ड्रममा रहेको मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ११३ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय महाराजगञ्जको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७