नेपालमा १०६ वर्षमा एक हजार मेगावाट मात्र विजुली उत्पादन !


२० फाल्गुन २०७४, आईतवार
hydro in nepal

काठमाण्डौं, २० फागुन : सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्से्नि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करिब ६ मेगावाटमात्र उत्पादन हुन सकेको अवस्था छ ।hydro in nepal

विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनाइ छ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्षेनी ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत् उत्पादन शुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करीब ६ मेगावाट मात्र उत्पादन हुन सकेको अवस्था छ । विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा सरकार र ऊर्जा क्षेत्रका अधिकारी र विज्ञहरूले गर्वका साथ भन्ने गरेका छन्, ‘नेपालको पानी अधिकत्तम उपयोग गरेमा २ लाख मेगावाट त जलविद्युतबाटै उत्पादन हुन्छ ।’ तर, जब अहिलेसम्मको उत्पादन स्थिति कस्तो छ भने प्रश्न आउँछ, त्यतिबेला भने लज्जाजनक अवस्था देखिन्छ ।

पछिल्लो समय १३ मेगावाटको सिक्लेस हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित माड्कुखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै नेपालको कूल उत्पादन १ हजार मेगावाट नाघेको छ । नेपालमा जलविद्युत् उत्पादन शुरु भएको १ सय ६ वर्षपछि बल्ल एक हजार मेगावाट विद्युत् उत्पादन क्षमता नाघेको हो । विद्युत् प्राधिकरणका अनुसार माड्कु खोलाको परीक्षण उत्पादन शुरु भइसकेको छ भने व्यापारिक उत्पादन भने केही दिनमै हुँदैछ । हाल नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको कूल उत्पादन ९ सय ९१ मेगावाट रहेकोमा यो १३ मेगावाटको आयोजना परीक्षण उत्पादन मेगावाट थपिएसँगै एक हजार मेगावाट विद्युत् उत्पादन नाघेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । नेपालको पहिलो जलविद्युत् आयोजना वि. सं.१९६८ मा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको थियो ।

त्यसपछिका दिनमा नेपालको जलविद्युत् उत्पादन निजी लगानीको अभाव र सरकारी भ्रष्टाचारको अखडाका कारण फस्टाउन नसकेको हो । सरकारले १० वर्ष अघिनै १० हजार मेगावाट उत्पादन गर्ने योजना ल्याएको भएपछि हिउँदमा एकतिहाई प्रतिशत बराबर मात्र उत्पादन हुन भएकोले हाल नेपालले भारतबाट दैनिक ४ सय ५० मेगावाटभन्दा बढी आयात गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अनुसार पाँच मेगावाटमाथिका १२ सहित केन्द्रीय ग्रीडमा जोडिएका र नजोडिएका गरी ५२ जलविद्युत् आयोजना सरकारी निकायमार्फत निर्माण भइ ५ सय ९ मेगावाट र माड्कुखोलासहित ७१ आयोजना निर्माण भइ निजी क्षेत्रबाट ४ सय ९६ मेगावाट उत्पादन भइसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं पछिल्ले दुई दशकमा मात्र निजी क्षेत्रले ५ सय मेगावाट बराबर उत्पादन गर्न सफल भएको बताउँछन् ।

‘माड्कुखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनका लागि जोडिएको छ, योसँगै नेपालको जलविद्युत् उत्पादनको क्षमता १ हजार ४ मेगावाट पुगेको छ’, उनले भने, ‘नेपालको क्षमता एक हजार मेगावाट नाघेको छ, अब एक हजार मेगावाटभन्दा बढी छ भन्न सहज हुने भएको छ ।’ ‘नेपालमा जलविद्युत् उत्पादनका लागि निजी क्षेत्रलाई ढोका खुला २०४६ लगत्तै नभएर २०५७ पछिमात्र खुलेको हो र त्यसपछि निजी क्षेत्रले उत्पादन शुरु गरेको हो, अहिले ५ सय मेगावाटको हाराहारीमा पुगेको छ’, उनले भने । उनका अनुसार अहिले निर्माणाधीनमध्ये २ हजार मेगावाट त निजी क्षेत्रको मात्र छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७