कर्णाली नदीमा जीप खस्दा आमा–बाबु बेपत्ता, तीन छोराछोरीको उद्धार


१५ श्रावण २०७८, शुक्रबार
karnali river

कैलाली, १४ साउन । कैलालीमा कर्णाली नदीमा जीप खस्दा एक दम्पती बेपत्ता भएका छन् । शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका–७ बाकास्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जीप सडकमा ब्याक गर्ने क्रममा कर्णाली नदीमा खस्दा श्रीमान–श्रीमती नै बेपत्ता भएका हुन् ।

डोटी आदर्श गाउँपालिका काडे साउले बस्ने चालक चन्द्रप्रकाश जोशी र सोही ठाउँका रुपी जोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

जीप खसेको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थलमा खटिई खोजतलास गर्दा तीन जना बच्चा झाडीमा फेला पारी उद्धार गरिएको उनले बताए । अन्दाजी १०÷१२ बर्षकी लक्ष्मी जोशी, भाइ अन्दाजी २-३ वर्षको भुवन जोशी र बहिनी अन्दाजी ४- ५ वर्षकी साबित्री जोशीको उद्धार गरिएको छ । यसमध्ये भुवन र साबित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तीनै जनाको लम्कीको लालरत्न अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको उनले बताए । जीपमा एकै परिवारका ३ जना भाइबहिनी, आमा बुबा गरी पाँच जना सवार रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जीप ३ सय मिटर तल नदीमा खसेको र बेपत्ता र जीपको प्रहरीले खोजी कार्य गरी रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७