मेगा बैंकको एकैदिन ६ वटा शाखा विस्तार


१५ श्रावण २०७८, शुक्रबार
Mega Bank Logo 1 1 scaled

काठमाडौं, १५ साउन । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

प्रदेश नम्बर १ मा इटहरी उपमहानगरपालिका लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ। वागमती प्रदेशमा विदुर नगरपालिका बट्टारमा, भरतपुर महानगरपालिका विकास चोकमा र भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा नेपालगञ्ज उपमहानगरपालिका कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिका एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ।

यी शाखाहरुमा शुक्रबारबाटै बैंकिङ कारोबारको सुरु भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ। छिटै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७