महाराजगञ्ज क्षेत्रमा माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण


१५ श्रावण २०७८, शुक्रबार
viber image 2021 07 30 11 27 18

काठमाडौं, १५ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५ गते का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दिपक के।सीले वृक्षारोपण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७