डिशहोम फाइबरनेट सेवा जनकपुरमा विस्तार


१५ श्रावण २०७८, शुक्रबार
dh new location janakpur DxtG1bRhUj 1

काठमाडौं, १५ साउन । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपुर पुगेको छ।

डिशहोम फाइबरनेटको सेवा यसअघि नै काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा पुगिसकेको छ। अब छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।
डिशहोमले आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोम फाइबरनेट सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत जनाएको छ।
कम्पनीका अनुसार डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप र एक्स भीओडी’ जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० एमवीपीएस देखि १०० एमवीपीएस’ सम्म उपलब्ध छन्।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७