४० दिनपछि मर्स्याङ्दी लयमा


१६ श्रावण २०७८, शनिबार
marshyangdi river

मनाङ, १६ साउन । असार पहिलो साता धार परिर्वतन गरेको मर्स्याङ्दी नदी बल्ल पुरानै ठाउँबाट बग्न थालेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको एक मात्र मोटरेबल बेलिब्रिजमुनि ठूलाठूला ढुंगामुढा, गिटी, बालुवा थुप्रिँदा बहाव रोकिएर नदीले धार परिर्वतन गरेको थियो । खोलाले दायाँ बायाँ धार परिर्वतन गर्दा धेरै क्षति भएको थियो ।

असार ५ गते बाढीले बगाएर ल्याएका ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । पुलमुनि ठूलाठूला ढुंगा र काठका मुढा तथा गिटी, बालुवा थुप्रिएको थियो ।

‘ती हटाएपछि खोलाले पुरानै लय लिएको छ,’ उनले भने, ‘खोला थुनिएर दायाँ बायाँबाट बग्दा आसपासका क्षेत्रमा व्यापक कटान र क्षति भएको थियो ।’ सुरक्षाकर्मी, स्थानीय, प्रशासनसहित गाउँपालिकाको सहयोगमा पुलमुनिको अवरोध हटाउन सकेको उनले बताए । उनकाअनुसार पुल झण्डै २० मिटर लामो छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७