यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा


१६ श्रावण २०७८, शनिबार
Upendra mahantha

काठमाडौं, १६ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनता समक्ष जाने योजनामा पुगेको छ ।

आयोगको निर्णय पश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुँदैछ । तर, ठाकुर–महतो पक्ष अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै व्यस्त छ ।

ठाकुर निकटका नेता सर्वेन्द्रनाथ शुक्लले आयोगको निर्णय पश्चात् कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू आन्तरिक छलफलमै रहेको बताए । शुक्रबार ठाकुर–महतो पक्षका कार्यकारिणी समितिको बैठक बसेर गम्भीर छलफल भएको छ । आयोगको निर्णयअनुसार अब ठाकुर–महतो पक्ष नयाँ दल दर्ता गरी संगठन निर्माणसँगै जनतामा पुग्ने निष्कर्षमा पुगेको जनाइएको छ ।

ठाकुर पक्षले शुक्रबार नै निर्वाचन आयोगको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ । राजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात् बनेको जसपामा प्रथम वरीयताको अध्यक्ष ठाकुर रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७