अफगानिस्तानमा कम्तीमा १ सय तालिवान लडाकु मारिए


१६ श्रावण २०७८, शनिबार
taliban fighters 356 Tjd3KRVi98

काठमाडौं, १६ साउन । अफगानिस्तानका विभिन्न प्रान्तमा सरकारी सुरक्षाकर्मीले तालिबान लडाकुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकु मारिएका छन् । घटनामा अरु ९० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

अफगानको सुरक्षा बलले पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएका हुन् । त्यहाँ अन्य ४७ जना घाइते भएका छन् । हेरातकै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीले लडाकुहरुले प्रयोग गर्ने सवारीसाधन, विस्फोटक पदार्थलगायतका सामग्री नियन्त्रणमा लिएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७