एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् तीन एजेण्डा


१६ श्रावण २०७८, शनिबार
amale center comme

काठमाडौं, १६ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (शनिबार) बस्ने भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण-वितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् । यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ । यस्तै बैठकमा पार्टी सदस्यता र नविकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ । मुख्यतः तीन वटा बैठकका एजेण्डा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७