टिटानसको सुई लगाउन गएका बिरामीलाई रेबिजको सुई लगाई दिएपछि …


१६ श्रावण २०७८, शनिबार
vaccinationmain 8AAR3AhgWL

सिरहा, १६ साउन । सर्लाहीको लालबन्दीस्थित लालबन्दी मोडल अस्पतालका चिकित्सकले टिटानसको सुई लगाउन गएका एक जना बिरामीलाई रेबिजको सुई लगाएपछि विवाद भएको छ ।

विवादले उग्ररुप लिएपछि चार राउण्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिइएको इलाका प्रहर कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । शुक्रबार दिउँसो टिटानसको सुई लगाउन गएका लालबन्दी ६ का एक जना बिरामीलाई अस्पतालका चिकित्सकले रेबिजको सुई लगाएपछि बिरामीका आफन्त र स्थानीयले त्यसको बिरोध गरेका थिए।

आक्रोसित समूहले अस्पतालमै प्रवेश गरेर चिकित्सकमाथि आक्रमण गर्न खोज्दा प्रहरीले रोकेको थियो । अस्पतालमा तनावको स्थिति उत्पन्न भएपछि हवाई फायर गरेर भीडलाई तितरबितर पारिएको प्रहरी निरीक्षक थापाले बताए ।

आक्रोशित समूहले शुक्रबार साँझ केहीबेर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । त्यसक्रममा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७