तेल ट्याङ्करमा आक्रमणमा इरानको संलग्नता रहेको भन्दै इजरायलद्वारा निन्दा


१६ श्रावण २०७८, शनिबार
iseral 1

काठमाडौं, १६ साउन । ओमनमा दुई वटा तेल ट्याङ्करमा आक्रमण हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बेलायती र अर्का एक रोमानियाली नागरिक रहेका छन् ।

उक्त घटनामा इरानको संलग्नता रहेका भन्दै इजरायलले निन्दा गरेको छ । बेलायतस्थित जोडिएक मेरिटाइमद्वारा सञ्चालित एमसी मर्सेर स्ट्रीट अरब सागरस्थित ओमनको तटमा उक्त घटना भएको थियो ।

सो घटनामा आतंकवादी हमला भएको इजरायलले दावी गरेपनि इरानले भने घटनामा आफ्नो संलग्नताबारे कुनै प्रतिक्रिया जनाएका छैन । यता बेलायतले उक्त घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ ।

अमेरिकी सेनाले पनि समुद्री सुरक्षामा चासो देखाउँदै घटनाको छानविन भइरहेको जनाएको छ । ती ट्यांकर उत्तरी हिन्द महासागरमा तान्जानियाबाट यात्रा गरिरहेको बताइएको छ । अधिकारीहरुले जहाजमा कुनै कार्गो नभएको दावी गरेका छन् । उनीहरुले यसअघि पनि इजरायल र इरानी स्वामित्वमा रहेका जहाजहरुमा आक्रमण हुने गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७