भ्वाइस अफ नेपालः छानिए ज्वाला राईसहित उत्कृष्ट ४ फाइनालिष्ट


१६ श्रावण २०७८, शनिबार
juwala rai Kiran Gajmer Aryan Tamang Tara Sreesh

काठमाडौं, १६ साउन । नेपालको चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ माको फिनालीको लागि ज्वाला राईसहित उत्कृष्ट चार प्रतिभाहरु छानिएका छन् । हिजो (शुक्रबार)को बेलुका भएको सेमिफाइनलबाट ज्वाला राईसहित तारा श्रीस मगर, आर्यन तामाङ र किरण गजमेयर फाइनलमा प्रवेश गरेका हुन् ।

टिम तृष्णा गुरुङबाट ज्वाला राई, टिम प्रमोद खरेल बाट किरण गजमेयर, टिम दिप श्रेष्ठबाट आर्यन तामाङ र टिम राजु लामाबाट तारा श्रीस मगर फाइनलमा प्रवेश गरे । चार टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गर्दा एक–एक जना बाहिरिए ।

भोजपुरका ज्वाला राई अफ्रिता खड्गीलाई उछिन्दै फाइनल प्रवेश गरेका हुन । ज्वाला प्रदेश नं. १ का एक्लो प्रतिष्पर्धी हुन् । यसअघि नै उनलाई जिताउनका लागि प्रदेश नं. १ प्रमुख मन्त्री शेरधन राई, संघीय सांसद सुदन राई, प्रदेश सांसद राजेन्द्र राईले भोट अपिल गरेका थिए ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनल प्रवेश गर्दा सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा अन्त्य गरे । उनले जाँदाजाँदै सिकिम्मका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)लाई धन्यवाद दिए । सिकिम्मका मुख्यमन्त्री गोलेले उनलाई ५ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए। साथै, उनले रविलाई राम्रो गायक भन्दै बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।
झापाको भुटानी शरनार्थी शिविरमा जन्मिएका गजमेर हाल अमेरिका मिसौरीमा स्थायी बसाेबास गर्छन् ।

यस्तै टीम दीपबाट सबै भन्दा कम उमेरका दार्जिलिङका आर्यन तामाङ फाइनल प्रवेश गर्दा बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा सेमिफाइनलमै अनत्य भएको छ ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो । भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश गर्ने उनी पहिलो महिला समेत बनेकी छिन् । भ्वाइसको सेमिफाइनलको यात्रा सम्म आईपुग्दाको उनलाई २३ गीतको अफर समेत आइसकेको छ ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधा समेत छ ।

भिडियाे

आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुती दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चार जनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेताले ३५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा एउटा कार प्राप्त गर्नेछन्। त्यसैगरि बिजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७