सरकारले चैतसम्ममा सबै नागरिकलाई कोरोना खोप लगाइसक्ने


१६ श्रावण २०७८, शनिबार
korona khop

काठमाडौं, १६ साउन । सरकारले यस वर्षभित्र अर्थात् आगामी चैत मसान्तभित्र देशका सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी सरकारले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त भइसकेको र थप खोप आउने क्रम जारी रहेकाले चैत मसान्तसम्ममा सबै नागरिकको पहुँचमा खोप पुगिसक्ने आकलन गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा आगामी असोज मसान्तसम्म चीन, जापान र भारतबाट गरी कूल १ करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी छ ।

प्रवक्ता पौडेलका अनुसार चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्समार्फत जापान सरकारले उपलब्ध गराउने अस्ट्राजेनेका खोपका १६ लाख डोज र भारतबाट खरिद गरेको कोभिसिल्डका १० लाख मात्रा ल्याइनेछ । कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि १ करोड ५० लाख डोज खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको विज्ञप्तिमा जनाइएको छ ।

कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि क्रमशः ल्याइने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप पुग्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
हेर्नुस विज्ञप्ति

khop bigyapti fe37V7yXYC

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७