कोरोनाबाट पाँचथरमा थप एक युवकको मृत्यु


१६ श्रावण २०७८, शनिबार
korona death

पाँचथर, १६ साउन । कोरोना भाइरस संक्रमणबाट पाँचथरमा थप एक युवकको ज्यान गएको छ । कुम्मायक गाउँपालिकाका कोरोना संक्रमित २० वर्षीय युवकको मृत्यु भएको हो । केही दिन अघि कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको हो ।

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यसअघि पनि सोही वडामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । गाउँपालिकामा निषेधाज्ञाकै बीच संक्रमितको संख्या बढ्दै जान थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७