दार्चुला घटनाबारे भारतलाई स्पष्टिकरण सोध्न पाँच विद्यार्थी संगठनको माग


१६ श्रावण २०७८, शनिबार
student meet deuba 0XrH84cK9a

काठमाडौं, १६ साउन । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकुलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको छ । विद्यार्थीहरूका जायज मागहरु सम्बोधन गरी परीक्षा सुचालु गर्न माग संगठनले माग गरेको छ ।

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्चाइरहेका छन् । पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच बिद्यार्थी संगठनले माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७