जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन


१६ श्रावण २०७८, शनिबार
Upendra Yadav

काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् । उनी शनिबार सर्वसम्मत जसपा संसदीय दलको नेता चयन भएका हुन् ।

जसपाका नेता मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएका जानकारी दिए । डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन भएका हुन् ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो । संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७