विघटित कार्यदल सदस्यहरुको आग्रहमा एमाले स्थायी कमिटी वैठक स्थगित


१६ श्रावण २०७८, शनिबार
amale center comme

काठमाडौं, १६ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको छ । एकता प्रक्रियालाई अघि बढाउन भन्दै नेताहरु तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगिसकेपछि बैठक स्थगित भएको हो ।

एमाले एकतालाई गति दिन भन्दै विघटित कार्यदलका सदस्यको आग्रहमा बैठक स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको आज सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगित गर्न आग्रह भएको बताएका छन् ।

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरु च्यासल पुगेका थिए । बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम पनि गएका थिए । त्यस्तै आफूहरुलाई माओवादीमै रहेको दाबी गर्ने नेताहरु पनि बैठकमा भाग लिन पुगेका थिए ।

बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलका सदस्यहरु सिंहदरबारमा जुटेका थिए भने अध्यक्ष ओलीले पार्टी काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकलाई सम्बोधनका क्रममा ओलीले अब एमालेमा नेता माधव नेपालका लागि कुनै ठाउँ नभएको बताएका थिए ।

कार्यदल सदस्यहरुले पार्टी एकता बचाउने सम्भावना बाँकी नै रहेको बताउँदै अध्यक्ष ओलीलाई नेपाल पक्षसँग आफैं पनि संवाद अघि बढाउन भनेका थिए । विघटित कार्यदलको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष ओलीले बैठक स्थगित गरेर माधव पक्षसँग संवाद थाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७