न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा


१६ श्रावण २०७८, शनिबार
olmpic football

काठमाडौं, १६ साउन । जापान ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर जापान अन्तिम चारमा प्रवेश गरेको हो ।

कासिमा सकर स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको समयक खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा जापानका लागि आएसे उएदा, को इटाकुरा, युता नाकायामा र माया योशिदाले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस उड र कलुम म्याककोवाटले मात्र गोल गरे । लिबेराटो काकास र क्लेटन लेविसले गोल गर्न सकेनन् । जापानले अब फाइनल प्रवेशका लागि स्पेनसंग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७