माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन, मिल्दैन : गोकुल बाँस्कोटा


१७ श्रावण २०७८, आईतवार
Gokul Baskota 1

काठमाडौं, १७ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउन मिल्दै नमिल्ने बताएका छन् ।

पार्टीमा एकता कायम गर्न ओली समूहमा नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने कि भन्ने चर्चाबीच पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले उनलाई अध्यक्ष पद दिन कुनै हालतमा नमिल्ने बताएका हुन् । माधव नेपाल पक्षले शनिबार काठमाडौंमा अखिल फोर्सको राष्ट्रिय भेला गर्दै शक्ति प्रदर्शन गरेको थियो । त्यसलाई पनि नेता बाँस्कोटाले चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।

‘खुशी लाग्यो शक्ति प्रदर्शन भएछ । तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ’, बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि विधि पद्धिति अनुसार अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मिल्दैन, मिल्दैन । जसले जे बुझ्नुपर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७