मेलम्चीमा फेरि एक्कासी बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित


१७ श्रावण २०७८, आईतवार
badi melamchi1623805365

सिन्धुपाल्चोक, १७ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा गए (शनिबार) राति फेरि एक्कासी बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको उनले जानकारी दिए । चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको छ ।

यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन् । शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगेको प्रजिअ पोखरेलले बताए । एक्कासी ठूलो बाढी आएपछि तटिय क्षेत्रमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७