सिक्किममा बस्दै आएका नेपालीले गरे दाजुको हत्या


१७ श्रावण २०७८, आईतवार
Murder hatya2019 11 14 08 59 03jpeg J60wBFIlgo

काठमाडौं, १७ साउन । सिक्किमको उत्तरी क्षेत्रमा बस्दै आएका ५२ वर्षीय नेपाली नागरिक सुवास लिम्बुले सहोदर दाजु ६० वर्षीय विकास लिम्बुको हत्या गरेका छन् ।

नेपालस्थित झापा जिल्ला निवासी उनीहरु केही वर्षदेखि उत्तर सिक्किमको फुदोङनजिक रमाथाङमा बस्दै आएका थिए । प्रहरीका अनुसार सामान्य विवादले उग्ररूप लिएपछि भाइले दाजुमाथि छुरी हानेर हत्या गरेका हुन् । फुदोङ प्रहरी चौकी पुगेर सुवासले दाजुको हत्या स्वीकारेका थिए । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७