इन्धन आयात बढ्यो


१७ श्रावण २०७८, आईतवार
Petrol tanker

काठमाडौं, १७ साउन । आर्थिक वर्ष २०७७ /७८ मा पेट्रोलियम पर्दाको अयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो ।

यसै पनि नेपालमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयाल निगमले गएको वर्ष इन्डियन आयाल कर्पोरेशन (आईओसी) लाई इन्धन खरिद गरेबाफत १ खर्ब ४५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमकाअनुसार २०५६/०७७ मा १ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रेलयम पदार्थ आयात भएकोमा आव २०७७ / ७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँ इन्धन आयात बढेर एक खर्ब ५५ अर्ब पुगेको जानकारी दिए । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७