३५ अर्बको मेलम्ची पुरिदियो सानो बाढीले


१७ श्रावण २०७८, आईतवार
melamchi head badhi 10

काठमाडौं, १७ साउन । ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत । एक रातमै आएको बाढीले चक्नाचुर । मेलम्ची आयोजना फेरि अन्योलमा ।

‘सपना जस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे । तर, खुशी धेरै दिन टिकेन । मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षत विक्षत बनाएको छ । वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो । तापनि, ठूलो राष्ट्रिय गौरवको आयोजना निमार्ण गर्दा सम्भावित जोखिमु तर्फ ध्यान नपुगेको यसले देखाउँछ ।

किन भएन पुनर्निर्माण ?

बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना छैन । बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सककेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ । बाढीले क्षति पुर्याएको दुई साता बित्दा पनि पुनर्निमाणको काम अघि बढ्न सकेको छैन । असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षले आयोजनामा नराम्ररी क्षति पुगेको हो ।

परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ हेडवक्र्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्षतिग्रस्त भएका छन् । मुख्य सुरुङमा क्षति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ । मुख्य सुरुङ बाढीले वितण्डा मच्चायो । राष्ट्रपतिले गत चैत २० गते उद्घाटन गरेपनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दीर्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७