बाढीले बगायो रेडियो मेलम्चीको भवन


१७ श्रावण २०७८, आईतवार
radio melamchi

काठमाडौं, १७ साउन । गए राति (शनिबार) आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।
राति १ बजे रेडियो मेलम्चीको भवन बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । ‘भवन थियो अहिले त नामो निसान केही छैन्’ डम्बरले भने’ ‘हेर्दाहेर्दै राति १ बजे भवन बगाएर लग्यो ।’ उनको अनुसार खोलाले किउलका तीन वटा घर बगाएको छ ।

रेडियो मेलम्चीको भवन हुँदै पछिले समय खोला बग्ने गर्दथ्यो । मेलम्चीका बस्तीहरु भने हालसम्म सुरक्षित छ । पुरानो बजारमा सफा गरिरहेका केही घरमा पुन लेदो बसेको पनि अध्यक्ष भारतीले जानकारी दिए ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७