वेस्ट इण्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित


१७ श्रावण २०७८, आईतवार
362729 122981 updates

काठमाडौं, १७ साउन । घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गए राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजलाई ७ रनले पराजित गरेको हो ।

किस्तानले दिएको १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै रिटायर्ड हर्ट भएका इभिन लेविसले ३५ रन बनाए । कप्तान केइरन पोलार्डले १३ तथा शिम्रन हिटमायरले १७ रन जोड्दा क्रिस गेल १६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले समान १÷१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए । यससँगै रिजवानले एकै वर्षमा सर्वाधिक धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन् ।

रिजवानले आयरल्याण्डका पाउल स्ट्रर्लिङको कीर्तिमान तोडेका हुन् । पाउलले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इण्डिजका जासन होल्डरले ४ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए । यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन सकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७