आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१७ श्रावण २०७८, आईतवार
badhi 3

काठमाडौं, १७ साउन । आज (आइतबार) पनि देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज दिउँसो र राति देशका पाँच प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति (शनिबार) को बर्षापछिको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउँदा पुनः क्षति पुगेको छ ।

बर्षाका कारण आज महाकाली नदीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । कन्काई र बबईमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्तीलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज संखुवासभा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, कास्की, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, नवलपरासी, रुकुम पूर्व, रोल्पा, कालीकोट, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, डडेलधुरा, बाजुरा, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढीको पूर्वानुमान

akdfmkdgm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७