‘मेलम्ची उर्लिरहेको छ, के हुने हो थाहा छैन’


१७ श्रावण २०७८, आईतवार
melamchibadhi1627787505
d]nDrLdf km]l/ af9L l;Gw’kfNrf]s, !& ;fpg M Ps dlxgfkl5 km]l/ d]nDrLdf cfPsf] af9L . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक, १७ साउन । शनिबार बेलुकादेखि आएको बाढीले सिन्धुपाल्चोकस्थित चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितलाई उद्धृत गर्दै बिहान पौने ८ बजे चनौटेस्थित रातो पुल बगाएको जनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि आइतबार बिहान कुरा गर्दै मेलम्ची लगातार उर्लिरहेको र के गर्ने हो केही थाहा नभएको प्रतिक्रिया दिएका थिए । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।

पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७