न्यूयोर्कमा नेपाली युवकको मृत्यु


१७ श्रावण २०७८, आईतवार
bipin lamsal KTeLWJE0pw

काठमाडौं, १७ साउन । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो ।

पाँच बर्षअघि मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७