पूजाको प्रसाद खाँदा मेलम्ची चालिसे गाउँका २८ जना बिरामी


१७ श्रावण २०७८, आईतवार
birami

सिन्धुपाल्चोक, १७ साउन । सिन्धुलीको मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पुजामा सहभागीहरूमध्ये २८ जनालाई एउटै प्रकारको झाडा पखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।

सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उनले जानकारी दिइन् । बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ । अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताइन् । उनीहरुमा फुडपोइजनका कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७