घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१७ श्रावण २०७८, आईतवार
gold

काठमाडौं, १७ साउन । नेपाली बजारमा आज (आइतबार) हप्ताको पहिलो दिन सुनको भाउ ओरालो लागेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७